logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिममा लगानी सम्मेलनबारे मुख्यमन्त्री शाहले गरे सांसद चौधरीसँग छलफल

    सुदूरपश्चिममा लगानी सम्मेलनबारे मुख्यमन्त्री शाहले गरे सांसद चौधरीसँग छलफल

    1K
    Shares
    सुदूरपश्चिममा लगानी सम्मेलनबारे मुख्यमन्त्री शाहले गरे सांसद चौधरीसँग छलफल

    सुदूरपश्चिममा लगानी सम्मेलन गर्न मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीलगायतले प्रतिनिधि सभा सांसद विनोद चौधरीसँग छलफल गरेका छन्।

    आइतबार भएको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा लगानीका लागि वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए।‘सुदूरपश्चिममा लगानी गर्न बैंक तथा व्यापारीहरूले चाहिरहेका छैनन् भन्ने पायौं, लगानी वातावरण बनाउन सरकार तयार छ,’ उनले भने, ‘लगानी भित्र्याउन सरकारले गर्नुपर्ने सबै काम र सहयोग गर्न तयार छौं। बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौं।’

    उनले सुदूरपश्चिममा लगानीका लागि सहयोगी भूमिका निर्वाह गरिदिन सांसद चौधरीसँग आग्रह पनि गरेका छन्। ‘देशभित्र र बाहिरका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गरिदिन पहल गरिदिनुस्, मुख्यमन्त्रीले चौधरीसँग भने।

    चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भए पनि सरकारकै कारण पछि परेको बताए। लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी दष्टिकोण र नीति ल्याउन पनि उनले मुख्यमन्त्रीलाई आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।

    साथै भौतिक योजना मन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend