logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग

    ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग

    2K
    Shares
    ‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग

    काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।

    बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताउनुभयो ।

    उहाँले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताउनुभयो । उहाँले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताउनुभयो । विवाह अगाडि सबै प्रक्रिया पुर्याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताउनु भयो । उहाँले बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरु हामीले पाउँदैनौं ।

    विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन शुरु नगर्ने त ? २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौं भने हुन्छ ।

    विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्यो । त्यो बेला नागरिकता हुनैप¥यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरि दिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो ।

    यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ । वडा जिल्ला प्रशासन अफिसमा धेरै डण्डा हुन्छ । त्यसमा एउटा पानमा मात्रै विवाह लाइसेन्स थप्ने हो । धेरै देशहरुमा विवाह लाइसेन्स लिनैपर्छ ।

    अगाडि नै विवाह भइसकेकाहरुलाई के गर्ने ? जसले बिरोध गर्छ उनीहरुलाई सुरक्षा कसले दिने ? पहाडी जिल्लाहरुमा स्कुल लेभलमा नै विवाह गरेकाहरु छन् । उनीहरुलाई कसले अभिमुखिकरण गर्ने ।’

    उहाँले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताउनु भयो । उहाँले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखिकरण दिनुपर्ने बताउनु भयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend