logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • डोटीमा जंगली बँदेलको आक्रमणबाट घाइते महिलाको मृत्यु

    डोटीमा जंगली बँदेलको आक्रमणबाट घाइते महिलाको मृत्यु

    3.1K
    Shares
    डोटीमा जंगली बँदेलको आक्रमणबाट घाइते महिलाको मृत्यु

    डोटी । डोटीको केआईसिंह गाउँपालिका–१ बसिनामा मंगलबार बिहान जंगली बदेलको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ३५ वर्षीया जगुलीदेवी भूल रहेकी छन् । घर नजिकैको जंगलमा घास काट्न गएका बेला निजलाई जंगली बँदेलले आक्रमण गरि घाइते बनाएका थियो ।

    बँदेलले आक्रमण गर्दा घाइते भएकी जगुलीको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा दिउँसो करिब १२.३० बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए ।

    मंगलबार बिहान करिब ९ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ बर्सिया भगी भुल घाइते भएका थिए ।

    भगीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँको टाउकोमा चोट लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend