logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पाँच वर्षपछि फिल्म ‘झिल्को’ मार्फत कमब्याक हुँदै छन् निर्देशक यादव भट्टराई

    पाँच वर्षपछि फिल्म ‘झिल्को’ मार्फत कमब्याक हुँदै छन् निर्देशक यादव भट्टराई

    3.4K
    Shares
    पाँच वर्षपछि फिल्म ‘झिल्को’ मार्फत कमब्याक हुँदै छन् निर्देशक यादव भट्टराई

    काठमाडौं– फिल्म ‘झोला’का निर्देशक यादव भट्टराई ‘झिल्को’बाट कमब्याक हुने भएका छन्। विसं २०७० मा प्रदर्शनमा आएको फिल्म ‘झोला’ले समीक्षक र दर्शक  दुवैतिरबाट तारिफ बटुलेको थियो। त्यतिबेला बक्स अफिसमा सफल पनि बनेको थियो।

    लेखक कृष्ण धरावासीद्वारा लिखित सतीप्रथाबारे कथा ‘झोला’माथि भट्टराईले फिल्म बनाएका थिए।  त्यसपछि यादवले ‘भोर’ निर्माण गरे। दोस्रो फिल्म रिलिजको ५ वर्षपछि भट्टराईले ‘झिल्को’मार्फत् कमब्याक गर्न लागेका हुन्।

    फिल्ममा रंगकर्मी सुनिल पोखरेलले पनि कमब्याक गर्दैछन्।

    सुनिलसँगै ‘झिल्को’मा अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता विशाल पोखरेल र बाल कलाकार आयुषी ढकालको मुख्य अभिनय रहनेछ।

    फिल्ममा यादवसँगै अरुणदेवजोशी र कवि देवव्रको संवाद तथा पटकथा छ। फिल्मलाई सिनेमाटोग्राफर दीपक बज्राचार्यले खिच्नेछन्। फिल्म केही दिनमै फ्लोरमा जाने निर्देशक भट्टराईले बताए।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend