logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • रारा घुम्न आइपुगे विभिन्न प्रजातीका साईबेरियन चरा (फोटो फिचर)

    रारा घुम्न आइपुगे विभिन्न प्रजातीका साईबेरियन चरा (फोटो फिचर)

    1.9K
    Shares
    रारा घुम्न आइपुगे विभिन्न प्रजातीका साईबेरियन चरा (फोटो फिचर)

    सनत हमाल, मुगु । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा तालमा विभिन्न प्रजातीका साईबेरियन चरा पुगेका छन् । उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको रारा मान्छे पर्यटकका लागि मात्रै आर्कषणको केन्द्र नभई रारा ताल चरा पर्यटकहरुका लागि पनि आर्कषण गन्तव्य बनेको छ ।

    रारा तालमा हरेक हिउँदको महिनामा सयौको संख्यामा साईबेरियन चरा राराताल पुग्ने गरेका छन् । अत्याधिक चिसोका कारण साईबेरियाबाट चिसो छल्न विभिन्न प्रजातीका साईबेरियन चराहरु रारा पुगेका छन्। रारा तालमा पुगेको चराको रारा राष्ट्यि निकुञ्जले गणना गर्ने गरेको छ । विभिन्न रंग बदलेर पर्यटकलाई मनमोहक पार्ने राराको सुन्दरतामा साईबेरियन चराको आगमन पनि पर्यटकका लागि थप आनन्द लिने माध्यम बनेको छ।

    रारा राष्ट्रिय निकुञ्ज कार्यलय को स्टाफ र नेपाल सेनाको संयुक्त सहकार्यमा २४ सदस्य टोली चार वटा ग्रुपमा विभाजन भई विभिन्न प्रवासी चराहरुको गणना गरियको थियो। गणना गर्दा ३९२ वटा विभिन्न प्रजातीका चरा आएका छन् । चराहरुले पर्यटकको भ्रमण अवलोकनलाई थप आनन्दीत बनाएको छ । यतिबेला रारा ताल घुम्न आउने पर्यटकले राराको सुन्दरतासंगै साईबेरियन चराको समेत अवलोकन गर्न पाउँछन् ।

    गणनाको विवरण अनुसार मरुल १७८ वटा,कालीजुरे हाँस ८१ वटा,हरियो टाउके हाँस १ वटा,खोया हाँस ३ वटा,सुनजुरे हाँस ११७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा ३ सय ९२ वटा साईबेरियन चरा रारातालमा पुगेको गणनाबाट पत्ता लागेको रारा राष्ट्यि निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

    उनका अनुसार रारा ताल दिउँदको समयमा पर्यटक संगै चराहरुको लागि निकै उत्कृष्ट गन्तव्य बनेको छ । साईबेरियामा नेपालका हिमाली जिल्ला भन्दा अत्यधिक चिसो हुने भएपछि प्राय हिउँदमा विभिन्न प्रजातीका चरा रारा आउने गरेका छन् । विगतका तुलनामा यो वर्ष धेरै संख्यामा चरा आएका हुन् ।

    रारा ताल पर्यटकको आर्कषण केन्द्र भएपनि पन्छीकाहरुका लागि आश्रय स्थलका रुपमा समेत रहेको निकुञ्ज प्रमुख घिमिरेको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend