logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

    आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

    3.5K
    Shares
    आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

    काठमाडौं। सरकारले दुई संस्थानमा प्रमुख नियुक्ति गरेको छ। मन्त्रिपरिषदको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट र नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई निगम र भण्डारीलाई प्राधिकरणमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    उमेश थानीले राजीनामा गरेपछि निगममा कार्यकारी निर्देशक पद रिक्त थियो। भट्ट यसअघि पनि निगमको कार्यकारी निर्देशक भइसकेका छन्।

    पुरुषोत्तम खनालले राजीनामा गरेपछि दुरसञ्चार प्राधिकरण अध्यक्षविहीन थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend