logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

    क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

    2.6K
    Shares
    क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

    काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।
    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी मुद्दा दर्ता भएको हो ।

    बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

    बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

    बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend