logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • आजबाट सर्वोत्तम सिमेन्टको आइपीओ खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

    आजबाट सर्वोत्तम सिमेन्टको आइपीओ खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

    7.3K
    Shares
    आजबाट सर्वोत्तम सिमेन्टको आइपीओ खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

    काठमाडौं, १३ फागुन । सर्वोत्तम सिमेन्टले आजदेखि सर्वसाधरणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको हो ।

    सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

    बुक बिल्डिङ विधिबाट निर्धारण भएको कम्पनीको आइपीओको प्रतिकित्ता मूल्य ३६०.९० रुपैयाँ रहेको छ ।यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला रहनेछ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्ने छन् ।

    एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

    सर्वोत्तम सिमेन्टको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले  ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।

    जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ६ गतेसम्म बाहल रहनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend