logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • गोल्छा ग्रुपको हुलास आइरन : साढे ५ अर्ब ऋण, व्यापार ३ अर्ब १२ करोड

    गोल्छा ग्रुपको हुलास आइरन : साढे ५ अर्ब ऋण, व्यापार ३ अर्ब १२ करोड

    2.2K
    Shares
    गोल्छा ग्रुपको हुलास आइरन : साढे ५ अर्ब ऋण, व्यापार ३ अर्ब १२ करोड

    काठमाडौं । हुलास ग्रुपले सञ्चालन गरेको हुलास आइरन इन्डष्ट्रिज लिमिटेडले एक वर्षमा सवा ३ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले गत वर्ष ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ बराबरको आइरन व्यापार गरेको छ ।

    २०२२ मा हुलासको आइरन व्यापार ३ अर्ब ४ करोड ३० लाख रुपैयाँ थियो । उद्योगले ५ अर्ब ५८ करोड २५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । जसअनुसार १ अर्ब २१ करोड २५ लाख रुपैयाँ दीर्घकालिन र ४ अर्ब ३७ करोड रुपैयाँ अल्पकालिन ऋण लिएको छ। उद्योगले ए फोर रेटिङ पाएको छ । उद्योगको मार्जिन ७ प्रतिशत छ ।

    उद्योग नेपाल–भारत सीमामा रहेकाले कच्चावस्तु आयात लागत कम छ । उद्योगले एचआर एन्ड सिआर पाइप, सिटिएल सिट, जिआइ वायर, टोरकारी वायर, पिसी वायर र नेल्स हुलास ब्राण्डमा उत्पादन गर्दै आएको छ ।

    उद्योगले कच्चा वस्तु भारत, हङकङ र इन्डोनेसियाबाट आयात गर्दै आएको छ । कूल आम्दानीको ७० देखि ८० प्रतिशतसम्म कच्चा वस्तु खरिदमा खर्च हुने गरेको छ । यसले गर्दा उद्योगको नाफामा असर परेको छ ।

    सन् २०१७ मा स्थापना भएको उद्योग २०२३ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योग वीरगञ्जमा रहेको छ । उद्योगले विभिन्न थरिका स्टिल पाइप र सिट उत्पादन गर्दै आएको छ ।

    २०२१ देखि उत्पादन सुरु गरेको हुलास आइरनले २०२२ देखि पूर्ण क्षमतामा पाइप तथा सिट उत्पादन थालेको हो । मुलुकभर २ सय ५० डिलर रहेको उद्योगले जनाएको छ । उद्योगमा गोल्छा ग्रुपका सिके गोल्छाको ९० प्रतिशत स्वामित्व रहेको छ । उनले स्टिल उद्योगमा साढे ३ दशक अनुभव रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend