logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बैंकका कर्मचारी पक्राउप्रति निजी क्षेत्रको असन्तुष्ठि, कर्जा विस्तारमा असर पर्ने चेतावनी

    बैंकका कर्मचारी पक्राउप्रति निजी क्षेत्रको असन्तुष्ठि, कर्जा विस्तारमा असर पर्ने चेतावनी

    1.3K
    Shares
    बैंकका कर्मचारी पक्राउप्रति निजी क्षेत्रको असन्तुष्ठि, कर्जा विस्तारमा असर पर्ने चेतावनी

    काठमाडौं । कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन्। धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद होे भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आ–आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

    धितो मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत मङ्गलबार प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मनोज न्यौपाने र सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । पछिल्लो घटनाले समग्र बैंकिङ क्षेत्रको व्यावसायिकतामाथि नै आँच आएको निजी क्षेत्रको भनाइ छ ।

    “विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गरेको विज्ञप्तिमा जनाएको छ ।

    बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनभित्र रहेर बैंकिङ कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले विद्यमान ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरुको अधीनमा रही निक्षेप संकलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गरिरहेको निजी क्षेत्रले जनाइएको छ।

    यस्तै व्यावसायिक कर्जाको हकमा व्यवसायको कारोबार प्रकृतिअनुसार स्थिर पूँजी तथा चालू पूँजीतर्फ भिन्न–भिन्न प्रकारका कर्जा प्रवाह हुने गरेको निजी क्षेत्रका छाता संस्थाहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरेको दाबी गरेका छन् ।

    विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरलाई निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    घटनामा प्रत्यक्ष संलग्न नभएकालाई पक्राउ गर्दा बैंकरहरुको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवम् मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने व्यवसायिक संस्थाहरुले बताएका छन् ।‘बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    ‘व्यवसाय बिग्रिएको अवस्थामा कर्जाको जोखिम बढ्ने सामान्य कुरा हुने र त्यस्तो अवस्थालाई दृष्टिगत गरी बैंक वित्तीय संस्थाहरुले नियामकीय निर्देशानुसार नै जोखिम व्यवस्थापन वापत रकम छुट्याउँदै आएका छन् । सो संसारभरिकै सर्वमान्य बैंकिङ सिद्धान्त तथा कार्यविधि रही आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल राष्ट्र बैंकको नियमनमा रहेको र बैंक वित्तीय संस्थाले प्रवाह गरेका कर्जाको मूल्यांकन सोही अनुसार नै हुनुपर्ने ती संस्थाहरूको माग छ ।

    ‘राष्ट्र बैंकले समय समयमा बैंक तथा वित्तीय संस्थाहरुको स्थगगत तथा गैरस्थलगत निरीक्षण गर्ने लगायत वित्तीय विवरण प्रकाशित गर्न छुट्टै स्वीकृति दिने कार्यविधिसमेत बनाई कम्पनीहरुको वित्तीय अवस्थालाई नियमन गर्दै आएको छ । नियामक संस्थाले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक तथा वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शनसमेत दिइरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend