logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बैंकमाथि अराजक गतिविधी नरोकिए कर्जा प्रवाह बढ्दैन : गभर्नर अधिकारी

    बैंकमाथि अराजक गतिविधी नरोकिए कर्जा प्रवाह बढ्दैन : गभर्नर अधिकारी

    2K
    Shares
    बैंकमाथि अराजक गतिविधी नरोकिए कर्जा प्रवाह बढ्दैन : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए ।

    उनले बैैंक तथा वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए। उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीतिसमेत जोडिएको आंशका व्यक्त गरे ।

    ‘राजनीतिक रुपमा व्यक्तिगत उद्धेश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको छ । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको र अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको छ’ गभर्नर अधिकारीले भने । यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउन उनले माग गरे ।

    गभर्नर अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रीय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । बैंकरहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।

    उनले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने स्पष्टपारे । गभर्नर अधिकारीले नेपालको बैंक तथा वित्तीय संस्थाको अवस्था दक्षिण एसियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरेका छन् । उनले बैंकहरुसँग ‘क्यापिटल इक्विटी’ सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । गभर्नर अधिकारीले बैंकहरुको कोरपुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको जानकारी दिए ।

    केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै ‘लोन पोर्टफोलियो’ बढाउनको लागि पुँजी बढाउनुपर्ने स्थिति रहेको उल्लेख गरे । बैंकहरुसँग अहिले लगानी गर्ने ६ खर्ब रुपैयाँ अधिक तरलता रहेको गभर्नर अधिकारीले जानकारी दिए ।

    बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको, खराव कर्जा अनुपात ३.४० प्रतिशत पुगेको जानकारी गराए । उनले बैंकहरुको खराब कर्जा बढ्नुमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको दाबी गरे ।

    उनले यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताए । उहाँले वचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग तरल सम्पती रहेकाले डराउनु पर्ने अवस्था नभएको स्पष्टपारेका छन् । बैंकहरुको आन्तरिक परिस्थितिले केही अफ्ठ्राहरु देखापरे पनि समाधान हुने अवस्था रहेको गभर्नर अधिकारीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend