logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • पालिकाहरु ६-६ महिना प्रक्रियाममै अल्झिनाले नतिजा निकाल्न सकिएन-मन्त्री गिरी

    पालिकाहरु ६-६ महिना प्रक्रियाममै अल्झिनाले नतिजा निकाल्न सकिएन-मन्त्री गिरी

    1.1K
    Shares
    पालिकाहरु ६-६ महिना प्रक्रियाममै अल्झिनाले नतिजा निकाल्न सकिएन-मन्त्री गिरी

    कुश्मा – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरु सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन्।

    जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरुलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे।

    ‘हामी अहिले अर्धवार्षिक समीक्षाको वैठकमा छौं। हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पूँजिगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो । जब आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं’, उनले भने।

    यसले कामहरु गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ।

    ‘हाम्रो यस्तो विगतको अभ्यासहरुले गर्दाखेरी काममा गणस्तरियता कायम गर्न नसकिएको अवस्था छ। हाम्रा कामहरु गुणस्तरको नभएका गुनासाहरु व्याप्त छन् ।’, उनले भने ‘यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरु बनाउनुपर्छ। पहिलो क्वाटरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरु सक्ने । भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने।’

    उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमूखमा उपस्थित जनप्रतिनिधि ताथा विभिन्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे। यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरु लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए।

    यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ उनले सोक्रममा राखे।

    ‘म जनप्रतिनिधि साथीहरुले के अनुरोध गर्न चाहन्छु भने अलिकति विकासका कामहरुलाई मात्र सबैथोक मान्ने प्रवृतिबाट पर गएर मानवीय विकास विभीन्न आयामहरुलाई, पक्षहरुलाई, रोजगारी, स्वरोजगारी श्रृजना गर्ने पक्षहरुलाई सामाजिक सुरक्षाका अनेक पक्षहरुलाई सँगसँगै लिएर जानुपर्छ’, उनले भने।

    उनले विकासको सूचाकंहरु बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैसँग प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिए।

    ‘म पर्वत जिल्लका सात वटै पालिकाहरुलाई फेरि पनि आग्रह गर्छु तपाईंहरु निर्वाचित हुँदै गर्दाका मानव विकास सूंचाकाकंहरु तयार पार्नुस् अन्य विकासका सुचाकंकहरु तयार पार्नुस् सँगै बसेर र पाँच वर्षपछि समीक्षा गर्दाखेरी कसको स्तर के छ ? आफैमा पनि प्रतिष्पर्धा गर्न आवश्यक देख्छु । एउटा पालिकाका राम्रा अभ्यासहरु अर्को पालिकाले पनि अभ्यास गर्ने।’, उनले भने ‘सिक्ने सिकाउने यो प्रक्रियाबाट हामीहरु नजाने हो भने हामी वास्तवमा जनताका अपेक्षा अनुरुपको विकासहरु हामीले दिनसक्दैनौं। म हामर् सातवटा पालिकामा मात्र सीमित हुने हैन। गण्डकी प्रदेशका विभिन्न पालिका जो रोलमोडलका रुपमा काम गर्दै छन्। साँच्चै त्यस्ता पालिकाका अध्यक्षहरुसँग बसेर सेयरिङ पनि गर्ने।’

    यस्तै काममा श्रृजनशिल हुनुपर्ने उनको ठहर छ। यसले लक्ष्य प्राप्तिको अवस्था तयार पार्ने बताए।

    ‘हाम्रा पनि नयाँनयाँ इनोभेटिङ आइडियाहरु छन् भने तिनीहरुलाई पनि दिने ,सिकाउने। यो काम पनि सँगसँगै गर्दै जानुपर्छ। यसो गरियो भनेदेखि हामीले छिटो भन्दा छिटो हाम्रा लक्ष्यहरु पूरा गर्ने अवस्था बन्छ।’

    त्यसैगरी विभिन्न कार्यलयका प्रमूखहरुलाई सम्बोधन गर्दै उनले जनतमा चरम निराशा रहेको र यसलाई एक सिक्काका दुई पाटा जस्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले एक भएर आशामा बदल्नुपर्ने धारणा राखे। उनका अनुसार यसो भएमा विकासको लक्ष्यप्राप्ति कठिन हुनेछैन। उनले सबैलाई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे।

    ‘कार्यालयहरुको हकमा भन्नुपर्दा सुशासन र पारदर्शिता, जवाफदेहितालाई अत्यन्तै गम्भिरताका साथ आत्मसाथ गर्नुस्। जनतामा निराशा व्याप्त छ, निराशा चुलिएको छ। कार्यालयहरुले आफ्नो क्षमता प्रदर्शन गरेर सबै हिसाबले अब्बल हुन जरुरत छ’, उनले भने।

    सोक्रममा कर्मचारीको प्रदर्शनले नै उनीहरु मूल्यांकन हुने उनको भनाइ थियो।

    ‘जति तपाईंहरुले उपलब्धिहरु हासिल गर्नुहुन्छ, गर्नुभएको हुन्छ तपाईंहरुको योग्यता त्यति नै हो । ९० % उपलब्धि तपाईंहरुले हासिल गर्नुभयो तपाईंले ९० % कै योग्यता हासिल गर्नुभयो। होइन तपाईंले ४०,५०, ६० प्रतिशतको रेसियोमा बस्नुभएको छ भने तपाईंको आफ्नो योग्यताको मापन पनि त्यसैले गरेको ठान्नुपर्छ। त्योबलामा आफू त्यो कार्यालयको नेतृत्व गर्न सक्षम रहेछु कि रहेनछु स्वमूलयांकन गर्नुपर्ने स्थिति पनि रहन्छ, उनले विभिन्न सरकारी कार्यलयका प्रमुखहरुलाई भने।

    उनले पर्वत जिल्लाको विकास र सम्वृद्धिमा संघीय सरकारका मन्त्रीका हिसाबले गर्नुपर्ने सबै पहल गर्ने वचनसमेत सो मन्तव्य दिए।

    ‘हाम्रो चाहाना एउटै छ, त्यो भनेको पर्वत जिल्लाको सम्वृद्धि। आमजनाको चाहाना सुशासन र सम्बृद्धिको जुन आकांक्षा छ त्यसलाई पूरा गर्न तपाईंहरुको ठाउँहरुबाट बलियो साथ र सहयोग मिलोस, मैले यो अपेक्षा गर्न चाहन्छु। यो वर्ष हामीले पर्वत जिल्लामा उल्लेखनीय उपलब्धि हासिल गर्ने गरी काम गर्नुछ। हाम्रोतर्फबाट प्रदेशका माननीयहरु पनि तपाईंहरुलाई सहयोग गर्न अत्यन्त लालायित हुनुहुन्छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend