logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजार ३.३४ अंकले घट्यो

    सेयर बजार ३.३४ अंकले घट्यो

    754
    Shares
    सेयर बजार ३.३४ अंकले घट्यो

    काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो ।

    विभिन्न ३ सय ५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदारुपैँया ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ । कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ४७ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

    लघुवित्त समूह दुई दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ७५ र व्यापार समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४५ र अन्य समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।

    गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।

    सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य नौ दशमलव ३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ०८ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु १९ करोड ५२ लाख ९७ हजार एक सय ५१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फण्डको सात लाख ५२ हजार ३ सय २१ कित्ता शेयर किनबेच भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend