logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिका पाँच जिल्लामा सिँचाइका लागि विशेष कार्यक्रम सञ्चालन

    सुदूरपश्चिका पाँच जिल्लामा सिँचाइका लागि विशेष कार्यक्रम सञ्चालन

    819
    Shares
    सुदूरपश्चिका पाँच जिल्लामा सिँचाइका लागि विशेष कार्यक्रम सञ्चालन

    कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली–कञ्चनपुर तथा अन्य तीन वटा जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन भएको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको कृष्णपुर, पुनरवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा डिपट्युबेलबाट पानी निकालेर कार्यक्रम सञ्चालन गरिएको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सालिक भुसालले बताए ।

    यसैगरी कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बाँके र बर्दियामा डिपट्युबेलमार्फत सिँचाइ उपलब्ध पुर्याउने उद्देश्यले समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालन भैरहेको छ ।

    यी जिल्लामा किसानलाई आवश्यकताका आधारमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउने गरी कार्यालयले ठाउँ छनोट गरेर डिपट्युबेल निर्माणको काम अघि बढाएको छ । एउटा डिपट्युबेल जडानका लागि झण्डै ८५ लाख भन्दा धेरै खर्च लाग्ने अनुमान छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend