logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजार दोहोरो अंकको वृद्धि

    सेयर बजार दोहोरो अंकको वृद्धि

    1.1K
    Shares
    सेयर बजार दोहोरो अंकको वृद्धि

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २ हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।

    विभिन्न ३ सय १० कम्पनीका ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता शेयर ४९ हजार ५ सय १२ पटक खरिदबिक्री हुँदा रुपैँया २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५सय ३ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

    डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९दशमलव ३५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रुपैँया ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार ६ सय २४ कित्ता शेयर किनबेच भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend