logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • मधेस प्रदेशमा ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईईमा सहभागी

    मधेस प्रदेशमा ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईईमा सहभागी

    819
    Shares
    मधेस प्रदेशमा ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईईमा सहभागी

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अंग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ ।पहिलो दिन मधेसको ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको हो ।

    परीक्षा केन्द्रहरुमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइल प्रतिवन्ध गरिएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरु केन्द्र बाहिर राखिएका थिए ।

    यस वर्ष मधेस प्रदेशबाट ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् । धनुषाबाट १२ हजार २ सय १४ परीक्षार्थी, सिराहाबाट १० हजार ९सय २३, महोत्तरीबाट ९ हजार ४ सय ३१, सर्लाहीबाट १० हजार ८ सय ९६, रौतहटबाट ९ हजार ४ सय ६९, बाराबाट ९

    हजार ४ सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३सय २३ परीक्षार्थी सहभागी भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend