logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

    शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

    598
    Shares
    शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ  : मन्त्री राई

    धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन् ।

    सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताए ।

    कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपुर्ण हुने बताए । उनले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिए ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । यस विद्यालयमा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन् ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend