logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

    बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

    2.3K
    Shares
    बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

    काठमाडौं । वर्षाले खेल अवरुद्ध भएपछि बिहीबारदेखि हुने भनिएको नेपाल र आयरल्याण्ड ‘ए’को टी २० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ।

    बिहीबार वर्षाका कारण खेल अवरुद्ध भएपछि नेपाल क्रिकेट संघले टी २० सिरिजको मिति एक दिन पछाडि सारेको हो।

    नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग शुक्रबारदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

    आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्न लागेका हुन्। आयरल्यान्डसँग खेल्ने टी-२० र एक दिवसीय सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा टिम घोषणा गरिसकेको छ।

    नयाँ तालिका अनुसार नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग टी-२० सिरिजको शुक्रबार पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शनिबार र अन्तिम खेल आइतबार हुनेछ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend