logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

    विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

    1.7K
    Shares
    विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

    काठमाडौँ । बिश्वासको मत नपाउने अवस्था देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।

    मुख्यमन्त्री शाहले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आज राजिनामा बुझाएका हुन । मुख्यमन्त्री शाहले आज बिहीबार प्रदेशबाट बिश्वासको मत लिने तयारी गरेका थिए । दिउँसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो ।

    बिश्वासको मतको वातावरण बनाउने क्रममा बैठक बेलुका ५ बजे सम्म सारिएको थियो । तर बिकसित राजनैतिक घट्नाक्रमबाट बहुमत नपाउने अवस्था देखिएपछि शाहले राजीनामा दिएको बताइएको छ ।

    मुख्यमन्त्री शाह अन्तिम अवस्थामा नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशा सहित कसरतमा थिए ।

    तर, नागरिक उन्मुक्ति पार्टीबाट पनि बिश्वासको मत प्राप्त नहुने र सोही कारण राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाहको प्रयास सफल हुन नसकेको स्रोतले सुनौलो नेपाललाई बतायो ।

    सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसबाट १८ जना , नेकपा (माओवादी केन्द्र) बाट ११ जना, नेकपा (एमाले) बाट १० जना, नागरिक उन्मुक्ति पार्टीबाट ७ जना, नेकपा (एकीकृत समाजवादी) बाट ४ जना, राप्रपाबाट १ जना र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले बिश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेका थियो ।

    सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानूनी व्यवस्था छ । मुख्यमन्त्री शाहले राजीनामा दिएपछि नयाँ गठबन्धनबाट प्रदेश सरकार गठनका लागि अब बाटो खुल्ला भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend