logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुनको मुल्यवृद्धिले तोड्यो नयाँ रेकर्ड, कतिमा हुदैँछ त कारोबार?

    सुनको मुल्यवृद्धिले तोड्यो नयाँ रेकर्ड, कतिमा हुदैँछ त कारोबार?

    7K
    Shares
    सुनको मुल्यवृद्धिले तोड्यो नयाँ रेकर्ड, कतिमा हुदैँछ त कारोबार?

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३५ हजार ६ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु १ लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु २ हजार ९ सयले वृद्धि भएको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ९ सयले बढेर रु १ लाख ३४ हजार ९ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन रु १ लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य रु १ हजार ६ सय १५ मा कारोबार भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend