logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एसिसी प्रिमियर कप : नेपालले आज तेस्रो खेल हङकङसँग खेल्ने

    एसिसी प्रिमियर कप : नेपालले आज तेस्रो खेल हङकङसँग खेल्ने

    2K
    Shares
    एसिसी प्रिमियर कप : नेपालले आज तेस्रो खेल हङकङसँग खेल्ने

    काठमाडौँ, ३ वैशाख । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।

    नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ ।

    नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा नेपाल कतारसँग ३२ रनले विजयी भएको थियो । यस्तै हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा रहेका छन् ।

    यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स ९युएई०, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend