logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • आजदेखि झुलाघाट नाका बन्द

    आजदेखि झुलाघाट नाका बन्द

    689
    Shares
    आजदेखि झुलाघाट नाका बन्द

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

    अप्रिल १९ तारिख वैशाख ७ गते  उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए ।

    सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा सीमा बन्द गर्ने चलन छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend