logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • माधव नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    माधव नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    1.4K
    Shares
    माधव नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।

    नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ ।

    छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो ।‘उहाँहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको हो।

    त्यस्तै कोशी प्रदेशमा देखिएको समस्याबारे पनि छलफल भयो,’ , ‘वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको छ।’

    सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दैछन्। तर नेकपा (एमाले) ले उनलाई समर्थन गरिसकेको छैन।

    नेकपा (एमाले) माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्दै दाबी पेश गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend