logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट फेरि सुनसहित भारतीय महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट फेरि सुनसहित भारतीय महिला पक्राउ

    6.1K
    Shares
    त्रिभुवन विमानस्थलबाट फेरि सुनसहित भारतीय महिला पक्राउ

    काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शुक्रबार करिब ८५० ग्राम अर्धठोस अवस्थामा रहेको सुन सहित एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा थाई एअरलाईन्सको टीजी ३१९ नम्बरको उडानबाट आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

    उनका अनुसार सेतो पलाष्टिकलाई बाहिरबाट कालो टेपले बेरर अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुन जस्तो देखिने दुई पोका पहेलो धातु अन्दाजी (पलाष्टिक सहित) ८५० ग्राम सहित निजलाई पक्राउ गरिएको हो ।

    यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको जनाइएको छ । यसैगरी हिजो पनि प्रहरीले विमानस्थल स्थित जहाजमा राखिएको एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend