logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ट्रष्टगार्ड सेक्युरिटीले स्वदेशमै २५९ जनालाई खुलायो रोजगारी

    ट्रष्टगार्ड सेक्युरिटीले स्वदेशमै २५९ जनालाई खुलायो रोजगारी

    611
    Shares
    ट्रष्टगार्ड सेक्युरिटीले स्वदेशमै २५९ जनालाई खुलायो रोजगारी

    काठमाडौं । ट्रष्टगार्ड सेक्युरिटी सर्भिसले २ सय ५८ जनालाई नेपालमै रोजगारी दिने भएको छ । कम्पनीले विभिन्न पदमा रोजगारी खुलाएको छ । सामखुसीस्थित कम्पनीले हाउसकिपर १ सय ५०, सेक्युरिटी गार्ड १ सय, हाउसकिपिङ सुपरभाइजर ५, हाउसकिपिङ अफिसर १ जना, लेखा अधिकृत १ जना  र सम्पर्क अधिकृत (सुरक्षा) का लागि २ जनाका लागि कम्पनीले रोजगारी खुलाएको छ ।

    कम्पनीले सेक्युरिटी गार्डको कार्यक्षेत्र राजधानीको कालीमाटी, कलङ्की, बालाजु, दरबारमार्ग, लाजिम्पाट, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, पोखरा, इटहरी, मेची, झापा पोखरा, इटहरी, मेची रहेको छ ।
    यस्तै हाउसकिपरका लागि राजधानीकै कालीमाटी, कलङ्की, बालाजु, दरबारमार्ग, लाजिम्पाट,

    चितवन, बुटवल, भैरहवा, नेपालगंज, पोखरा, इटहरी, मेची र झापाका लागि माग गरिएको छ । हाउसकिपिङ सुपरभाइजरका लागि कालीमाटी,कलङ्की र बालाजुका लागि रोजगारी खुलाइएको छ ।

    हाउसकिपिङ अफिसरले काठमाडौं र सम्पर्क अधिकृत नेपालगञ्ज, बुटवल, चितवन, वीरगञ्ज, इटहरी, झापा, पोखरा, धनगढीका लागि माग गरिएको छ । योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र फोटो सहित आवेदन दिन दिन कम्पनीले भनेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend