logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु

    चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु

    390
    Shares
    चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु

    काठमाडौँँ । बुधवारबाट काठमाडौंमा ३ दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरे ।

    हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्याली भएको छ । र्यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन् ।

    स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर र्याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु शुरु हुने आयोजक स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) ले जनाएको छ । एक्स्पोको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे ।

    उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ ।

    नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’

    कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए ।

    उनले विद्युतीय सवारीसाधनहरुको र्याली नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भुमिका खेल्ने बताए ।

    उनले भने ‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौँ । नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौँ । इभी र्याली हाम्रो विद्युत हामीले नै खपत गरौँ भन्ने उद्देश्यले गरेका हौँ ।

    नेपालमा थुप्र्रै बिजुली खपत गर्नुपर्नेछ । नेपाल सरकारले त झनै २०३५ सम्म १३ हजार मेगावाट बिजुली खपत गर्ने योजना लिएर अघि बढिरहेको छ । त्यसले गर्दा त्यही उद्देश्यलाई पूरा गर्न इभीलाई प्रोत्साहन गर्नका लागि र्याली गरेका हौँ । इलेक्ट्रोनिक उद्योगलाई सहयोग पुग्नेछ भन्ने उद्देश्यबाट यो समिट गर्न लागेका हौँ ।’

    अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास रहेको बताए।

    सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बताए । अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend