logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • १ मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

    १ मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

    988
    Shares
    १ मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

    कर्णाली । सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

    परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।

    उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

    सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले टुङ्गो लागेको छैन”, उनले भने, “बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन मन्त्रालयको हुने भन्ने निक्र्योल हुन्छ ।

    यता नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्री पठाउने बताए ।

    आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ”, उनले भने, “मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend