logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  पक्राउ

    १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  पक्राउ

    546
    Shares
    १७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  पक्राउ

    भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षका चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।

    प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो ।

    खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले  जानकारी दिए। पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend