logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • निर्देशक खनालमाथी अभद्र व्यवहार गर्ने मोहन बैद्य पक्षका दुई जना कार्यकर्ता पक्राउ

    निर्देशक खनालमाथी अभद्र व्यवहार गर्ने मोहन बैद्य पक्षका दुई जना कार्यकर्ता पक्राउ

    559
    Shares
    निर्देशक खनालमाथी अभद्र व्यवहार गर्ने मोहन बैद्य पक्षका दुई जना कार्यकर्ता पक्राउ

    काठमाडौँ । भुमि व्यवस्था तथा अभिलेख विभाग बबरमहलका निर्देशक विदुरप्रसाद खनाललाई अभ्रद्र व्यवहार गरेको आरोपमा मोहन बैद्य पक्षका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–६ घर भई काठमाडौँ लाजिमपाट बस्ने ३८ वर्षीय भीमबहादुर सार्की तथा प्युठान गौँमुखी गाउँपालिका–६ घर भई हाल ललितपुर कुपण्डोल बस्ने ३६ वर्षीय अबिनास भन्ने किशोर कुँवर रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार क्रान्तिकारी युवा सङगठन नेपालका (मोहन बैद्य पक्ष) कार्यकर्ता उक्त कार्यालयको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको र हाल सम्म कार्यालयले कुनै पनि कारबाही नगरेको भन्दै आफ्नो साथमा भएको कालो रङ निर्देशक माथी छर्केको आरोपमा पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरुलाई प्रहरी वृत सिंहदरबारमा राखिएको प्रवक्ता अधिकारीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend