logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • स्वरोजगार बनाउन सिप सिकाउदै महानगर

    स्वरोजगार बनाउन सिप सिकाउदै महानगर

    2.4K
    Shares
    स्वरोजगार बनाउन सिप सिकाउदै महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ हजार जनालाई रोजगारी दिने गरी घोषणा गरेको ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।

    महानगरले चालु आर्थिक वर्ष २०८०÷८१ मा ल्याएको १० वटा गौरवका योजनामध्ये एक यो कार्यक्रम सुरुवात १९ वैशाख श्रमिक दिवसका दिन सिप मेला गरेर सुरु गर्न लागेको हो ।

    सोही दिन महानगरले ३२ वटै वडालाई पत्राचार गर्दै बढीभन्दा बढी युवा सहभागी गराउन भनेको छ ।

    महानगरले १९ वैशाखमा राजधानीको टुँडिखेलमा आयोजना गर्ने एक महिने ‘सिप मेला’ (छोटो अवधिको व्यावसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीईएन) सँग सहकार्य गर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend