logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मधेस प्रदेशमा श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बेची लुंगेली

    मधेस प्रदेशमा श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बेची लुंगेली

    676
    Shares
    मधेस प्रदेशमा श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै बेची लुंगेली

    जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

    गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा गत वैशाख ६ गते प्रदेश प्रमुखले उनलाई बिनाविभागीय मन्त्रीको शपथ गराएकी थिइन्।

    यस्तै माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् । मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।

    श्रममन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले तीन वटा निर्णय गरेको बताइन्। प्रदेशको आठ वटै जिल्लाका कार्यालयहरूमध्ये कम्तीमा एउटा कार्यालयको आफ्नै जग्गा व्यवस्थापन गरी एउटा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने, सबै कार्यालयमा प्रतीक्षालय निर्माण गरी खानेपानीको व्यवस्था गर्ने र कार्यालयमा सेवाग्राहीलाई टोकनको व्यवस्था गरी एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह गर्ने निर्णय भएको मन्त्री लुंगेलीले बताइन्।

    मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् । तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् ।

    जनमतले छाडेको श्रम तथ यातायात मन्त्रालय र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले आफैंले राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend