logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    910
    Shares
    अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा संचालित बाटो निर्माण कार्यमा अनियमितता गरेको खुलेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    निर्माणस्थलको वास्तविक तथ्य बँग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई २ लाख २२ हजार ५०३ रुपैयाँ १७ पैसा बढी भुक्तानी दिएको पाइएकाले शाही, वली र बुढालाई सोही बिगो कायम गरी मागदाबी लिइएको घिमिरेले आयोगद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध पनि सोही रकम मागदाबी लिइएको जनाइएको छ ।

    यसैगरी चंखेली गाउँपालिका वडा नं. घ का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीले पनि बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend