आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

विराटनगरमा यस्तो देखियो छठ पर्वको रौनक (तस्बिरहरु)

विराटनगरमा यस्तो देखियो छठ पर्वको रौनक (तस्बिरहरु)

विराटनगर । ‘छठ’पर्व मनाउन स्थानीयवासी अहिले ताल, तलैया एवं पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै पूजास्थल सुरक्षित गर्न व्यस्त रहेका छन्।

विराटनगरको सिङ्घीया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।

‘छठ’ पर्वका अवसरमा विराटनगर महानगरपालिकाले सुनसरी–मोरङ सिँचाइ आयोजनाको समन्वय एवं सहकार्यमा विराटनगर क्षेत्रभित्रका नहर आसपास सरसफाइ गरेसँगै व्रतालु एवं श्रद्धालुलाई पूजापाठ गर्न निकै सहज भएको स्थानीयको भनाइ छ । पर्व मनाउन सहज होस् भनी सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरमा पानी छाडेको छ ।

स्थानीय ताल, नदी, पोखरी र नहरको पानी फोहर भएको भनी कतिपय मानिस आ–आफ्नै घरमा घाट बनाई पूजापाठ गर्ने गरेकोसमेत पाइएको छ ।

आज साँझ अस्ताउँदो सूर्यलाई र भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । छठ पर्वका अवसरमा सङ्घीय सरकारले आज र कोसी प्रदेश सरकारले भोलि कात्तिक २३ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend