२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने अर्याल पक्राउ

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याल पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा भएको र त्यो विषयमा सोधपुछका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफू खानेपानी विभागको सवारी चालक भएको र त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको उनले बताएका थिए । तीनजनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ ।

थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआईबीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट