सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भलिबल खेलाडी उषा भण्डारी भाट भटेनीको स्पोर्ट्स ब्राण्ड एम्बासडर

भलिबल खेलाडी उषा भण्डारी भाट भटेनीको स्पोर्ट्स ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाट भटेनी सुपर मार्केटको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।

महाराजगञ्जस्थित आफ्नै भवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भाट भटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

सो अवसरमा खेलपोशाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो । कार्यक्रममा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

भाट भटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ । उनले हरेक महिना ८३ हजार तीन सय ३३ रूपैयाँ प्राप्त गर्ने भाट भटेनीले जनाएको छ । टी टेनले भने पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सो अवसरमा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend