२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नबिल बन्यो लगातार आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंक

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नबिल यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंक भएको छ। नबिल बैंक तथा वित्तीय संस्थातर्फ अहिलेसम्म आठ पटक बढी कर बुझाउने सम्मान पाएको हो।

नबिलले यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी (कर्पोरेट ट्याक्स) संस्थागत कर कर तिर्ने बैंकको रूपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबाट सम्मान पाएको हो।

नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन्।

बैंकले यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को कर विवरणअनुसार नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो।

नबिल बैंकले सरकारलाई बढी कर बुझाउनुका साथै धेरै नाफा बढाएर सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट