२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन : मन्त्री पौडेल

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन् ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकको सहभागिता हुनेगरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताए ।

उनले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरुले पनि सहयोग गर्नुपर्ने बताए । उनले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरुले तलवबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गरे ।

उनले भने, ‘नागरिकको सहभागिता हुनेगरी हामीले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति हुनुपर्छ । नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको कुनै विकल्प छैन । अब हामीले ५ लाख हुनुपर्छ, हामीले ५ लाख मात्रै भनेको होइन, कसरी हुनुपर्छ पनि प्रष्ट ढंगले भनिरहेका छौँ । हामीले भनिरहेका कुराहरु स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर सम्भव छैन ।

नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा जागिर खाने सबैको तलवबाट दुई प्रतिशत बीमा बोर्डमा जानुपर्छ । यो स्वास्थ्य मन्त्रालयले मात्रै भनेर सम्भव हुन्छ ? गैरसकारी क्षेत्रमा, प्राइभेट क्षेत्रमा काम गर्ने सबैको तलवबाट दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था हुनुपर्छ । त्यसले मात्रै एक खर्ब १० अर्ब बीमा कोषमा जाने स्थिति बन्छ ।’

आजबाट भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, विपी कोईराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगञ्ज गरी तीन वटा अस्पतालहरुमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरुको निःशुल्क उपचार हुने पनि मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरुलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ