आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

‘रेटिङले नेपालको अवस्था सोचेको भन्दा राम्रो देखायो, दक्षिण एसियामा दोस्रो’

‘रेटिङले नेपालको अवस्था सोचेको भन्दा राम्रो देखायो, दक्षिण एसियामा दोस्रो’

अमेरिकाको फिच रेटिङ इंकले नेपालको अवस्था सोचेको भन्दा धेरै राम्रो देखाएको छ । नेपालको राम्रो शाख (रेटिङ) राम्रो भनेर आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । फिचको शाखले नेपालको अर्थतन्त्र राम्रो छ भन्ने स्पष्ट भएको छ ।

रेटिङका आधारमा दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको छ । कन्ट्री रेटिङमा बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, अफगानिस्तान र माल्दिभ्स नेपाल भन्दा तल रहेका छन् ।

रेटिङबाट तत्कालै फाइदा हुने भन्ने त होइन । सरकार, निजी क्षेत्रले बाहिरबाट ऋण लिँदा मुलुकको शाखलाई आधार बनाएको हुन्छ । त्यसैले आजको भोली नै फाइदा भइहाल्छ भन्ने हैन्, तर दिर्घकालमा राम्रो हुने देखिएको छ ।

रेटिङ एजेन्सीको नजरमा नेपालको अर्थतन्त्र कस्तो रहेछ भन्ने विश्वलाई थाहा भयो । हाम्रा दातृनिकाय, व्यापार साझेदार, ऋण दिने बैंक तथा वित्तीय संस्थालाई पनि नेपालको अवस्था बारेमा थाहा भयो ।

हाम्रो अर्थतन्त्र कमजोर छ भन्ने कुरा भइरहेको थियो, तर त्यस विपरित राम्रो रेटिङ आयो । फिचले तथ्याँक हेरेर मल्टिस्टेक होल्डरसँग छलफल गरेर मात्र नेपालको शाख निर्धारण गरेको हो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र एसियाली विकास बैंक (एडिबी) को आर्थिक प्रतिवेदनले नेपालको अवस्था राम्रै देखाएको छ । नेपालको राम्रो, नराम्रा पक्षलगायत अर्थतन्त्रको परिदृष्य कस्तो छ भन्ने कुरा रेटिङले स्पष्ट पारेको छ ।

यस्तै मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जिडिपी) र ऋण अनुपात र विदेशी विनिमय सञ्चितीले रेटिङ राम्रो बनाउन सहयोग गरेको हो । रेटिङले मुलुकको वाह्य पक्षलाई राम्रो देखाएको छ । साथै आन्तरिक अर्थतन्त्रलाई पनि राम्रो भनेको छ । पछिल्लो समय हाम्रो विदेशी मुद्रा सञ्चिती बढेको, शोधानान्तर वचतमा रहेको छ ।

आन्तरिकमा हेर्दा पर्यटक आगमन वृद्धि, जलविद्युत विकास, होटलमा भएको लगानीको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था छैन् । यहाँको अवसर र जागिर छाडेर झिटीगुन्टा लिएर विदेश जानेले नेपालमा केही पनि भएको छैन भनेर निराशा देखिएका हुन् ।

भएको जागिर छाडेर यो भन्दा पनि राम्रो मुलुक जान्छु भन्नेलाई रोक्न सक्ने कुरा भएन् । विदेश जाँदै गर्दा नेपाल खतम भयो भन्ने भाष्य बनाउनु पनि हुँदैन् । रोजगारी नपाएर जति नेपाली बाहिर गएका छन् त्यति नै छिमेकी देशबाट यहाँ आएर काम गरिहेका छन् ।

राम्रो रेटिङ आएका कारण अब वैदेशिक लगानी ल्याउन सहज हुनेछ ।

(राष्ट्रिय योजना आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend