logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन पक्रिया : अन्तर्वार्तामा २ जना उपस्थिति

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन पक्रिया : अन्तर्वार्तामा २ जना उपस्थिति

    196
    Shares
    नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन पक्रिया : अन्तर्वार्तामा २ जना उपस्थिति

    काठमाडौँ । लामो समयदेखि रोकिदै आएको नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता आज सुरु भएको छ । अन्तर्वार्ताका लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् ।

    उपस्थित २ जना उम्मेदवारले अहिले सिंहदरवारमा उअन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती दिइरहेका छन् ।

    अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहेको बताइएको छ ।

    अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती हुन सकेको थिएन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए।

    अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend