काठमाडौँ । सरकारले भन्सारदर घटाएपछि लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ ।
आइतबार सरकारले सुनमा लाग्दै आएको भन्सारदर मध्ये १० प्रतिशत कम गरेको थियो । सोमबार त्यसकैकारण सुन तोलामा १५ हजा ९ सय रुपैयाँ घटेको थियो भने मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो ।
आज बुधकार भने सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।
सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।
आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।