२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पद, 'सरकारको सहयोगमा नयाँ स्टक'

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

उनले आज कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई खुमलटारस्थित बोर्डको कार्यालयमा कर्मचारीले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि सरकारको निर्देशन र अध्ययन समितिको सुझाव अनुसार अघि बढ्ने बताए ।

श्रेष्ठले पुँजीबजारको विकास र दायरा विस्तारमा ध्यान केन्द्रित गर्ने बताए। सेबोनको आफ्नै भवन निर्माणलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

सोमबारको मन्त्रिपरिषद बैठकले अध्यक्षमा उनलाई नियुक्ति गरेको हो ।

उनले हिजो मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट