२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यू–१९ एसिया कप : श्रीलंकासँग नेपाल ५५ रनले पराजित

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । एसीसी यू–१९ एसिया कप युएईमा आजदेखि सुरु भएको हो ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भएको हो ।

नेपालका ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए । श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । श्रीलंकाका लागि सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए । लकविन अभेसिङ्गेले ५० रन र कविजा गमागेले ३७ रन बनाए ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट