२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । भारतीय क्रिकेटर एवं कर्णाली याक्सका क्रिकेटर शिखर धवनले एनपिएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन् ।

एनपिएल खेल्न शुक्रबार नेपाल आइपुगेका शिखर धवनले अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको बताएका हुन् ।

नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपिएल खेल्न आफू तयार भएको उनको भनाइ छ । उनले एनपिएलमा राम्रो अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।

उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सबै टिकट विक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्शाउने बताए । अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट