२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

उपाधि जित्ने लक्ष्यका साथ विराटनगर किङ्गस मैदानमा, आज जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दै

शनिवार , मंसिर १५, २०८१

विराटनगर । यतिबेला सिङ्गो नेपाली खेलकुद क्षेत्र नेपाल प्रिमियर लिग (एनपीएल) मय बनेको छ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको एनपीएल नेपाली क्रिकेट इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो ।

नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु हुँदै छ । पहिलो उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् ।

विराटनगर किङ्स पाँच विदेशी खेलाडी सहित उपाधि जित्ने लक्ष्यकासाथ मैदानमा छ । विराटनगरले अनुभवि विदेशी खेलाडि सहित राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने मार्कि खेलाडिको रुपमा मैदानमा उतार्ने छ ।

सन्दिप लामिछाने उनै हुन जुन इन्डिएन प्रिमियर लिग (आईपिएल) खेल्ने एक मात्र नेपाली खेलाडी हुन् । दायाँ हाते स्पिन बलर लामिछानेले बिग ब्यास लिग, पाकिस्तान सुपर लिग लगायत विश्वभर आयोजना हुने प्रमुख टि ट्वान्टी खेल प्रतियोगिता खेलेका छन् । लामिछानेसँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, प्रतिश जिसी र बसिम अहमद छन् भने २०१४ को विश्वकप खेलेका जितेन्द्र मुखिया पनि छन् ।

विराटनगर किङ्गसमा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्टकल्याण्डका क्रिस सोल छन् । विराटनगर किङ्गसको मुख्य प्रशिक्षक केभिन ओब्रायन छन् । जसले यसअघि नेपालमा फ्रेन्चाइज लिग इपीएल खेलेका थिए । उनी पहिलो पटक प्रशिक्षकको भूमिकामा फ्रेन्चाइज टिम हेर्न नेपाल आएका हुन ।

केभिन ओब्रोयनले सन् २०२१ म काठमाडौं किंग्स ११ बाट इपीइल खेलेका थिए । केभिन ओब्रोयनको प्रशिक्षक र सन्दीप लामिछानेको कम्तानीमा विराटनगरले कस्तो खेल्ला त्यो भने हेर्न बाँकी छ ,

विराटनगरको टिम सन्तुलित रहेकाले पनि उपाधि जित्नेमा आशावादी रहेको जनाइएको छ । विराटनगर किंग्सले उपाधि जिते ३० लाख सहयोग गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले घोषणा गरिसकेका छन् ।

प्रतियोगितामा आठ फेन्चाइज टोलीको सहभागिता रहेको छ । यस प्रतियोगितामा विराटनगर किङ्ससँगै कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स गरी आठ टोली एनपीएलमा भिड्दै छन् । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुनेछ ।

विराटनगर किङ्स टिम

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट