logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

    एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

    182
    Shares
    एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

    काठमाडौं । व्यग्रताका साथ प्रतिक्षा गरिएकोे नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूलाई लक्षित गर्दै एनसेलले सधै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु संचालनमा ल्याएको छ ।

    यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुने एनसेलल जनाएको छ ।

    सधै अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ देखि १४९९ रुपैयाँ सम्मको कुनै पनि प्याकको खरिदमा यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् ।

    त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् । १२५ रुपैयाँमा ३ दिन, १९९ रुपैयाँमा ७ दिन र ९९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ ।

    भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि १४९ रुपैयाँ र २८ दिनको लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ ।

    यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १०० रुपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन् ।

    त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु रहेको जनाएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend