२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन राइनोजले लगातार दोस्रो जित निकाल्दा पोखरा एभेन्जर्सको लज्जास्पद हार

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग लज्जास्पद हार व्यहोरेको छ। चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ७४ रनमा नै अलआउट भएको हो।

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो ।

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । मार्कस क्रिचलेले १७ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कुशल भुर्तेल शुन्य रनमा आउट भए ।

त्यस्तै, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिए । दीपक बोहराले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिएका थिए ।

त्यस्तै, चितवनका लागि विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट