logo

२०८१ मंसिर १९ बुधबार

logo
  • बुधबार, १९ मंसिर २०८१
  • कहिले काहीँ खराब नतिजा आउँछ, हारबाट चिन्तित छैनौँ : पोखराका प्रशिक्षक राजीव

    कहिले काहीँ खराब नतिजा आउँछ, हारबाट चिन्तित छैनौँ : पोखराका प्रशिक्षक राजीव

    679
    Shares
    कहिले काहीँ खराब नतिजा आउँछ, हारबाट चिन्तित छैनौँ : पोखराका प्रशिक्षक राजीव

    काठमाडौं । लज्जास्पद हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले ट्वान्टी–२० क्रिकेटमा कहिले काहीँ खराब नतिजा आउने भएकाले हारबाट आफू धेरै चिन्तित नरहेको बताएका छन् ।

    चितवन राइनोजसँग मंगलबार फराकिलो हार सामना गरेपछि प्रशिक्षक राजीवले टी–ट्वान्टी कहिले कहीँ यस्तो नतिजा आउने भएकाले आफू धेरै चिन्तित नभएको बताएका हुन् ।

    साथै आफ्नो टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले बलियो भएर आउनेमा उनी विश्वस्त देखिन्छन् । १५०–१६० को लक्ष्य भेट्टाउन सहज हुने भएपनि आज खेल आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो ।

    साथै उनले ६–७ को अवस्थामा पुग्नु पनि सहज नतिजा नभएको र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कहिले काहीँ यो अवस्थाको सामना गर्नुपर्ने बताए । तर टी–२० मा सधैं यस्तै अवस्था नहुने र आगामी खेलमा सुधार गर्ने उनको लक्ष्य छ ।

    आज पहिलो खेल भएकाले योजनाअनुरूप हुन नसकेको उनले उल्लेख गरे । प्रशिक्षक राजीवले केही गल्ती भएको र चितवनले पनि राम्रो बलिङ गरेको बताए ।

    यता एकै ओभरमा तीन विकेट लिएका चितवनका बलर रिजन ढकालले मेहनत गरेअनुरूप नतिजा प्राप्त भएको र यो सफलतामा बोल्ने आफूसँग शब्द नै नभएको बताए । पोखराको अन्तिमसम्म नारायण जोशी र विपिन खत्रीले राम्रो ब्याटिङ गरिरहेको र अन्तिम बलसम्म राम्रो बलिङ गर्ने टोलीको लक्ष्य रहेको समेत उनको भनाइ छ ।

    सोहेल तनवीर र रवि बोपरा जस्ता अनुभवी खेलाडीबाट आफूहरूले धेरै कुरा सिक्न पाएको उनले उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend