२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच कडा प्रतिस्पर्धा, कर्णाली ३ विकेटले पराजित

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्ससँग ३ विकेटले जित निकालेको छ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँले एनपीएलमा पहिलो जित दर्ता गरेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।

काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाए । १० बलमा २८ रन प्रहार गरे । सुमित महर्जन ४० रनमा अविजित रहे ।

कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौले दोस्रो खेलमा आएर पहिलो जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट