२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बलिङमा चुक्यौं, लोकेश र बसिरले पनि राम्रो ब्याटिङ गरे : कप्तान रोहित

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो बलिङ युनिट चुकेसँगै लोकेश बम र बसिर अहमदबीचको साझेदारी नै हारको पक्ष रहेको बताएका छन् ।

विराटनगर किङ्ससँगको हारपछि लुम्बिनीका कप्तान रोहितले आफ्नो बलरको राम्रो प्रदर्शन हुन नसक्नुको साथै लोकेश र बसिरको उत्कृष्ट ब्याटिङ पनि हारको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे । रोहितले बेन कटिङले बलिङ नगर्ने भनेपछि उनलाई अवसर नदिइएको बताए । साथै दुर्गेश र सिमोन्ड्सले राम्रो बलिङ गरेको रोहितको भनाइ छ ।

उनले बसिर र लोकेशबीचको साझेदारीले खेल टाढा लगेको उल्लेख गरे । रोहितले बलिङ युनिट कमजोरी देखिए पनि आगामी खेलमा सुधार हुने आशा गरेका छन् ।

विराटनगरका ओपनर लोकेशले आज खेल जिताउँछु भन्ने आत्मविश्वासका साथ आएको र सोहीअनुरूपमा खेल्न सकेको पनि बताए ।

उनले अघिल्ला दुई खेलमा राम्रो गर्न नसकेको हुँदा आज राम्रो गर्नुपर्छ भन्ने लक्ष्यसहित आएको पनि बताए । उनले सोहीअनुरूप शुरुदेखि नै राम्रो शुरुवात दिलाएको बताए । आकिब इलियासले आफ्नो स्ट्रेन्थअनुरूप खेल्न सुझाव दिएको र सोहीअनुरूप आफूले प्रयास गरेको लोकेशको भनाइ छ । लोकेशले विकेट किपिङबाट आफूबाट केही गल्ती भएको र यसमा सुधार गर्नुपर्ने औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट