
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।
लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रनको मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।
जनकपुर लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे ।
पोखराका ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके । न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए । अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे ।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए । जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend